बिर्तामोड, असार १८ । ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशाला स्थापनाका लागि बुधबारे जेसीजले पनि सहयोग गरेको छ ।

जेसीजले ११ हजार रुपैयाँँ सहयोग गरेको हो ।‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राई, पूर्व अध्यक्षहरु फणिन्द्र चाँपागाईं, सेवन्त पाखरेल, प्रकाश भण्डारी, कार्यकारिणी उपाध्यक्ष गजुहाङ योङहाङ, सचिव अनिल वाग्लेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्