झापा , असार २० । नेपालको बद्लिदो राजनीतिलाई चासोका साथ हेरिरहेका भारतीय मिडियाले प्रधानमन्त्री केपी ओलीलाई छिमेकी चीन र पाकिस्तानको ‘ग्रीन सिग्नल’ आएको दावी गरेका छन् ।

सतारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र घमासान सत्ता संघर्ष जारी रहेका बेला ओलीलाई चीन र पाकिस्तानले समर्थन दिएका हुन् । यसबाट ओलीलाई पदमा टिकिरहन मद्धत पुगेको इकोनोमिक टाइम्सलाई उद्धृत गदै बिबिसी हिन्दीले लेखेको छ ।समाचारमा ओलीले आफ्नो कुर्सी बचाउनका लागि नेकपालाई विभाजन गर्ने प्रयास गरिरहेको उल्लेख छ । यतिबेला ओलीको विरोधमा खुलेरै भारतीय संचारमाध्यमहरु लगेका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले नेपालका नेताहरुसँग मिलेर दिल्लीले आफूलाई पदबाट हटाउन लागेको बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्