दमक, असार २१ । झापाको दमक १० मा निर्माणाधिन बिज्ञान तथा फनपार्कमा निर्मित प्रशासनिक भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रम गरी शहरी बिकास भवन निर्माण कार्यालय झापाका प्रमुख राजेन्द्र खतिवडाले नवनिर्मित भवनको तालाचावी दमक नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरे । स्थानीय सिंहदेवी माध्यमिक विद्यालयको दुई विगाहा जमिनमा करीब डेढ करोड रुपैयाँको लागतमा ९ कोठाको २ तले पक्की प्रशासनिक भवन निर्माण भएको हो । त्यसअघि पार्कस्थलको घेरावारा निर्माणको काम पनि सम्पन्न भईसकेको बिज्ञान तथा फनपार्क निर्माण उपभोक्ता समितिले जनाएको छ ।
बिज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी निर्माण शुरु गरिएको सो पार्कको प्रशासनिक भवन दमककै प्रविण निर्माण सेवाले बनाएको हो ।
तालाचावी वुझ्दै नगर प्रमुख ओलीले स्थानीयस्तरमा रहेको प्राकृतिक स्रोत, साधन तथा सार्वजनिक जमिनहरुको अधिकतम् उपयोग गर्दै दमक नगरपालिकालाई आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिने संभावना भएको आंैल्याए ।
विज्ञान पार्क निर्माणपछि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई व्यवहारिक तथा प्रयोगात्मक ज्ञान तथा सीप सिकाईमा सहज हुने दमक बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद दाहालले बताए । विज्ञान बिषय अध्ययन गर्ने विद्यार्थीहरुले विज्ञानसम्बन्धिका बिभिन्न व्यवहारिक तथा सैद्धान्तिक ज्ञान हासिल गर्न पूर्वाञ्चलमा नै सुविधा सम्पन्न विज्ञान पार्क नहँुदा समस्या हुँदै आएको छ ।
अहिले पनि प्रत्येक वर्ष विभिन्न विद्यालय तथा क्याम्पसहरुबाट अध्ययन अवलोकनका लागि छिमेकी देश भारतको विभिन्न क्षेत्रमा जानुपर्ने अवस्था रहेकाले आफनै गाउँठाउँमा सुविधासम्पन्न पार्क निर्माणपछि यस क्षेत्रका विद्यार्थीहरुलाई नै सुविधा पुग्ने फनपार्क निर्माण समितिका अध्यक्ष प्रेम प्रसाद न्यौपानेले बताए ।
निर्माण व्यवसायीलाई सम्मान
प्रशासनिक भवन निर्माण समयमा नै गरेवापत दमकका व्यवसायी प्रकाश केसीलाई सम्मान समेत गरिएको छ । प्रशासनिक भवन निर्माण अवधि अगावै करीब २ महिना अघि नै गुणस्तरीय भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको भन्दै निर्माण ब्यवसायी केसीलाई सम्मान गरिएको हो । जिल्लाकै पुराना व्यवसायी केसी दमकका राम्रा निर्माण व्यवसायीका रुपमा चिनिन्छन् । त्यस अवसरमा नगर उपप्रमुख गीता अधिकारी, दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्