झापा , असार २१ । झापामा निरन्तर कोरोना संक्रमण बढ्ने क्रममा आज दुईजना संक्रमित थपिएका छन् ।

थपिने संक्रमितहरु दमकका रहेका छन् । एकजना महिला र अर्का पुरुषमा संक्रमण पुष्टि भएको हो । दमक ४ की महिला कुवेत र वडा नं ७ का पुरुष बहराइनबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए । योसँगै संक्रमितको सँख्या दमकमा ८ र जिल्लामा २८५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ। आज मात्र दुई सय ९३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार पाँच सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा चार हजार सात सय १० जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ९ हजार दुई सय ३ जनाको भने आइसोलेसनमा उपचार भइराखेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्