बिर्तामोड, असार २२ । अर्जुनधारा नगरपालिका वडा नं–६ का ६ जना कार्यकर्ता नेकपासहित विभिन्न राजनीतिक दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस झापाको कार्यालयमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, महासमिति सदस्य दिपक तामाङ, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, २ नं क्षेत्र प्रदेश ख का सभापति किरण श्रेष्ठ, नगर सभापति हेमराज खरेल, वडा सभापति उमाकान्त लुइटेल लगायतले पार्टीको सदस्यता प्रदान गर्दै अविर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।कार्यक्रममा नेकपा परित्याग गरेर टंक भण्डारी, विनोद दनुवार, जितेन दर्जी , विक्रम वर्देवा, सामिला वर्देवा र अञ्जली वर्देवा कांग्रेसमा प्रवेश गरेका हुन् । उमाकान्त लुइटेलको सभापतित्वमा भएको कार्यक्रम वडा सचिव रामबहादुर कटुवालले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्