झापा, असार २२ । बिर्तामोडका २ सहित झापामा आज चारजना कोरोना संक्रमित थपिएका छन् ।

बिर्तामोड नगरपालिका वडा नं ४ का दुईजना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुबई र साउदी अरबबाट फर्केर कंचनजंघा इन्स्टिच्यूट क्वारेन्टाइनमा बसेका थिए । योसँगै बिर्तामोडमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । यसअघि बिर्तामोड ७ का एक महिला र पुरुष तथा वडा नं ५ का एक पुरुषमा संक्रमण देखिएको थियो । त्यस्तै आजै मेचीनगर नगरपालिका २ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ भने गौरीगञ्ज ३ का एक पुरुषमा पनि संक्रमण देखिएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ । नेपालमा भने कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो ।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो।मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्