झापा, असार २२ । झुठा विवरण पेश गरी बिदेशी नागरिकलाई नागरिकता बनाई दिएको कसुरमा फरार भइ पक्राउ परेका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्य कारागार चलान भएका छन् ।

महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक साकारराज पन्तले शनिबार काठमाण्डौको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेका थिए ।
उनलाई हिजो आवश्यक कारबाहीको जिल्ला अदालत झापामा बुझाईएको थियो । आज जिल्ला अदालतले आचार्यलाई पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका आचार्यले भारतीय नागरिक मुस्तफा आलमलाई झुठा विवरणको आधारमा २०७२ मंसिर १० गते ०४–०१–७२–०३९० नम्बरको नागरिकता बनाइदिएका थिए । आचार्यमाथि नेपाली नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा(३) बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्