बुद्धशान्ति ,असार २४ । आजको ठिक दुई महिनाभित्र शिलान्यास गर्ने लक्ष्यका साथ शहीद यामबहादुर आचार्यको शालिक निर्माण गरिने भएको छ ।

याम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष विमल आचार्यको अध्यक्षतामा हिजो बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस झापाको निर्णयअनुसार शालिक निर्माण सुरु गर्न लागिएको सभापति उद्घब थापाले बताए । आचार्य युद्धकालमा माओवादीद्वारा हत्या गरिएका नेता हुन् । झापा कांग्रेसले माओवादीले हत्या गरेका खजुरगाछीका, श्यामसुन्दर यादव, बालुवाडीका चन्द्रमणी भट्टराईको नाममा प्रतिष्ठान खोल्ने, शालिक निर्माण गर्ने लगायतका काम गर्ने योजना बनाएको छ । आचार्यको शालिक निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाले २ लाख खर्च गर्ने छ । ५० हजार पाँच सय बराबरको जनश्रमदानबाट शालिक निर्माण गरिने निर्माण उपभोक्ता समितिका सचिव राजु आचार्यले बताए । बैठकमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल, झापा १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, २ नम्बर सभापति खगेन्द्र मैनाली, महासमिति सदस्य खड्ग प्रसाईं, कांग्रेस बुद्धशान्ति सभापति तथा निर्माण उपभोक्ता समितिका लगायतको सहभागिता थियो ।
साउन महिनाभित्र शालिक निर्माण सम्पन्न गर्ने र भदौ २४ गते बिपी जयन्तीका दिन शालिक उद्घाटन गर्ने लक्ष्य रहेको सभापति थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्