झापा , असार २४ । नेपालमा चीनले दिइरहेको ‘खुल्ला दख्खल’प्रति भारतले चासो ब्यक्त गरेको छ ।

चिनीया राजदुत होउ यान्छीले नेपालको राजनीतिक संकटमा दिइरहेको दख्खलप्रति भारतले चासो लिइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । समाचारमा चिनीया राजदुत यान्छीको दख्खलन्दाजीलाई लिएर भारतले कान ठाडो पारेको जनाइएको छ । चिनीया राजदुत यान्छीको हरेक गतिविधिलाई नियालिरहेको बताउने भारतले पछिल्लो पटक नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग गरेको भेटलाई गम्भीरताका साथ लिएको जनाइएको छ ।गत शुक्रवारदेखि आजसम्म नेपालका पाँच शीर्ष नेताहरुलाई यान्छीले भेटेकी छन् । यद्यपि माधवकुमार नेपालसँगको भेटलाई छोडेर बाँकी भेटवार्ताका बारेमा चिनीया दुतावास र नेपालका नेताहरुले समेत जानकारी नदिनुलाई भारतले शंकाको दृष्टिले हेरेको छ ।सत्तारुढ दल नेकपामा ’सत्तासंघर्ष’ चलिरहेका बेला चिनीया राजदुतको त्यस गतिविधिलाई ‘नेपालको आन्तरिक मामलामा हस्तक्षेप’ कोे रुपमा लिइएको जनाएको छ ।
त्रिभुवन युनिभर्सिटीका अन्तर्राष्ट्रीय मामलाका प्रमुख केसी खड्काले राजनीतिक रस्साकस्सीका बीच राजदुत र नेकपा नेताहरुबीचको भेटवार्ताले अनेक अड्कलबाजीलाई जन्म दिएको बताए । भारतलाई नजिकबाट हेर्दै आएका वरिष्ठ पत्रकार युवराज घिमिरेका अनुसार नेपाली जनतामा भारतलाई लिएर आएको बद्लिदो भावनाको परिणामको रुपमा यसलाई हेर्ने गरिएको छ । यसैबीच राजधानी काठमाडौको तीन वटा होटलमा भारतीय गुप्तचरको खोजी गर्दै प्रहरीले छापा मारेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्