एजेन्सी । कन्नड अभिनेता सुशिल गौडाले आत्महत्या गरेका छन् ।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गरी जनाएअनुसार हिजो सुशिल गौडाको शव उनकोे मान्ड्या जिल्लामा रहेको घरमा फेला परेको हो । प्रहरी सुत्रका अनुसार उनको आत्महत्याको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
३० वर्षीय सुशिल गौडाले एक टीवी सिरियलमा काम गरेका थिए । उनको एउटा फिल्म ’सालागा’ रिलिज हुने तयारीमा रहेको छ । यसअघि भारतका चर्चित अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्