झापा,असार २८ । झापामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/05/test-1024x559.jpg)
थपिनेमा कचनकवल ३ का २३ वर्षिय पुरुष रहेका छन् । उनी भारतको बेंगलोरबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । झापामा एकसहित प्रदेश नं १ मा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएसँगै झापामा कोरोना संक्रमितको सँख्या ३०१ पुगेको छ ।