झापा,असार २८ । भोजभतेरमा गरिने फजुल खर्च कटौती गरेर सामाजिक काममा लगाउनेको सँख्या बढ्दै गएको छ ।

खासगरी लकडाउनका बेला ठूलो जमघट नगर्नु उचित ठानेर भोजभतेर नगरी त्यसको खर्च सामाजिक कार्यमा लगाउनेको सँख्या बढेको हो । यसक्रममा बिर्तामोड नगरपालिका ३ निवासी रोसिका ढकालले आफ्नो जन्मदिनमा परोपकार तथा अनुसन्धान केन्दद्वारा संचालित बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई एकछाकको खाना खुवाइन् । २३ औं जन्मदिनको अवसरमा रोट्रयाक क्लब अफ बिर्तामोडकी सदस्य रहेकी रोसिकाले बिर्तामोड ४ मा रहेको बृद्धाश्रमका ३५ जना असहाय बृद्धबृद्धाहरुलाई आज बिहानको खाना खुवाएकी हुन् । जन्मदिनमा तामझाम गरेर फजुल खर्च गर्नुभन्दा त्यो रकम परोपकारमा लगाउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनले बताईन् । जन्मदिनमा गरिने खर्चलाई सामाजिक काममा लगाउने अभियान थालनी गरिएपनि त्यसले निरन्तरता पाउन नसकेको रोट्रयाक क्लब अफ बिर्तामोडका सदस्य बसन्त ढकालले बताए । खासगरी तडकभडकमा लाग्ने युवा वर्गले त्यस किसिमको सामाजिक एवं परोपकारी कार्यमा संलग्नता देखाउनु पर्नेमा उनले जोड दिए । त्यस अवसरमा रोट्रयाक क्लब अफ बिर्तामोडका २०२१–२२ का अध्यक्ष प्रभास थापामगरसहितका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्