एजेन्सी । बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनसँगै ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

ऐश्वर्या र आराध्यालाई घरैमा होम क्वारेन्टाइनमा राखिएको छ ।कोरोना भाइररसबाट संक्रमित पुष्टि भएपछि अभिनेता अभिषेक बच्चनले ट्वीट गर्दै आफ्नी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनलाई पनि संक्रमण देखिएको बताएका छन् । उनीहरु घरैमा सेल्फ क्वारेन्टाइनमा बसेको जनाएका छन् । उनले आमा जया बच्चनसहित घरका अन्य सदस्यहरुलाई कोरोना भाइरस टेस्टमा नेगेटिव भेटिएको जानकारी दिएका छन् । अभिषेक बच्चनले अर्को ट्वीटमा आफू र आफ्ना पिता अमिताभ बच्चन चिकित्सकको सल्लाह अनुसार अस्पतालमा रहने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्