सपना प्रसाईँ ओढारी । आज २०७ आँै भानुजयन्तीको दिन भानुभक्त आचार्य कसरी आदिकवि बने ? किन भानुजयन्ती मनाउछाँै भन्ने विषयमा अधिकांश नयाँ पुस्ता अनविज्ञ नै छ ।
नेपाल एकीकरणको श्रेय पृथ्वीनारायण साहलाई जान्छ भने नेपाली भाषाको मुटुको एकीकरण भानुभक्त आचर्यको कलमले गरेको हो भन्दा फरक पर्दैन । किनकी तुलशी दासको रामायणलाई सबैले पढ्न सक्ने गरी नेपाली भाषामा अनुवादन भानुभक्तले नै गरेका हुन् । कविता लेखनको क्रममा भानुभक्तले नै सबै भन्दा पहिला नेपाली जन जिब्रोमा भिज्ने सरल भाषा दिएका थिए । उनको भाषालाई नै अनुकरण गरेर यो नेपाली भाषाको वर्तमान स्वरुप बनेको छ । उनलाई नेपाली भाषाका पिता भन्दा पनि केही फरक नपर्ला ।

भानुभक्तकै पहलमा नेपाली भाषा परिमार्जित हुँदै आज एउटा सुन्दर, समृद्ध र विश्वव्यापी स्तरमा बोलिने भाषा बनेको छ । रामायण बाहेक उनेले अरु धेरै फुटकर कविता लेखेका छन् । प्रकृति प्रेम, स्वदेश प्रेम, नैतिकताका कुरा, दर्शनका कुरा पनि उनको भनाइमा पाइन्छ । रामायणमा उनले गरेको वर्णनमा मैलिकता र चमत्कारिक पन पाइन्छ, जुन कुरा उनी भन्दा अगाडिका कविहरुले नेपाली साहित्यलाई दिन सकेका थिएनन् । त्यसैले भानुभक्त आचार्यलाई नेपाली भाषाको आदि कवि भनिन्छ । उनको बिक्रम सम्वत १९२५ मा मृत्यु भएको थियो । उनको मृत्यु भएको ७० वर्ष पछाडी मात्र भानुभक्त स्मारक ग्रन्थ लोकार्पित भएको पाइन्छ । त्यसैले बुझ्नु पर्ने कुरा यो रहेछ कि राम्रो र सही कार्यको मुल्यांकन मृत्यु भएको ७० वर्ष पछि पनि हुन सक्ने रहेछ । हामिले भानुभक्तको सालिकमा मालर्पण गरेर भानुजयन्ती मनाउने मात्र हैन उहाँबाट पाठ लिएर अब आउने पुस्तालाई कला साहित्य को हस्तान्तरण गर्न सक्नु पर्छ ।

भानुभक्त कस्तो परिवारमा जन्मे उनलाई के कुराले प्रभावित बनायो यो त हामिले कितावमा पढेर पनि थाहा पाएका छौँ । तर व्यवहारिक जीवनमा उतार्न चाहिँ सायद कम उर्ताछौँ । अन्धभक्त बनेर सबैले भानुभक्त–भानुभक्त भनेको भरमा माल्यर्पण मात्र गर्नु भन्दा उनको जस्तै सोच हामीले पनि विकास गर्नु पर्छ । उनी कति सकारात्मक सोचका थिए भन्ने कुरा त उनी एउता दरिद्र घाँसिबाट प्रेरित भएका थिए भन्ने कुराबाट नै प्रष्ट बुझिन्छ । हो, यहि कुरा बुझ्नु पर्ने हो हामी जोकोहीले ।

हामिले आफ्नो जीवनमा परिवर्तन ल्याउने हो भने सबै भन्दा पहिला यो ठूलो, यो सानो भनेर मानिषलाई वर्गिकरण गर्न छाड्नु पर्छ । यो म भन्दा कम पढेको, यो म भन्दा कम जान्ने भनेर भन्नु भन्दा पनि ज्ञान आफू भन्दा सानोबाट पनि लिनु पर्छ भनेर बुझन आवश्यक छ । उनले एउटा नपढेको अनपढ घाँस काट्ने घाँसी ले भनेको कुरामा यति विश्वास गर्नुपर्ने के कारण थियो होला त ?
उनी एउटा विद्वान ब्राम्णका कुलमा जन्मिएका थिए । काशी वनारससम्म पुगेर अध्यन गरेका मान्छेले एउटा दरिद्र घाँसीबाट प्रेरित भए भन्छन् त, हो उनमा सकारात्मक सोच थियो, त्यो कस्को करणले ..? केही हामी कस्ता छाँै हाम्रो सोच कस्तो छ भन्ने कुरा हाम्रो परिवारिक वातावरणले पनि तय गर्छ । उनका आमा, बुवा, हजुरबुबाबाट सही ज्ञान सिकेका थिए होलान् र सामान्य एक जना घाँसिको भनाइलाई सही मानेर काम गर्दा आज उनी हामी सबै माझ अमर बनेका छन् । त्यसैले नै उनी नेपाली भाषाको मुटु एकीकरण गर्ने आदि कवि बनेका छन् । सम्पुर्ण भाषा तथा साहित्य प्रेमीमा भानुजयन्तीको धेरै धेरै शुभकामना । (लेखिका इजि केयर मोन्टेस्वरी होम, धुलाबारी झापाकी प्रिन्सिपल हुन् । )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्