झापा ,असार ३० । झापामा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ का २८ वर्षिया महिला रहेकी छन् । उनी कुवेतबाट फर्केर झरना प्रावि क्वारेन्टाइनमा बसेकी थिइन् । कोरोना पोजेटिभ देखिएपछि ती महिलालाई उपचारका लागि कोभिड हस्पिटल गोठगाउँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ३०६ पुगेको छ । त्यसमध्ये २२६ जना निको भएर घर फर्किसकेका छन् । जिल्लामा महिला संक्रमितको सँख्या भने ४० पुगेको छ । त्यसमध्ये १७ जना डिस्चार्ज भएका छन् । संक्रमित हुनेहरु अधिकांश कुवेतबाट फर्किनेहरु हुन् । त्यसबाहेक भारतबाट फर्किने केही महिलालाई पनि संक्रमण देखिएको फोकल पर्सन चौलागाईले जानकारी दिए । उनका अनुसार तीन महिनाको एक सुत्केरी महिलालाई पनि संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्