एजेन्सी । ह्याकरको बक्रदृष्टि अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, अमेजनका सीईओ जेफ बेजोस, अरबपति कारोबारी एलन मस्क, माइक्रोसफ्टका सह—संस्थापक बिल गेट्सजस्ता आईटी दिग्गज, राजनेता, कारोबारी र प्रमुख कम्पनीमाथि परेको छ ।

ती दिग्गजहरुको ट्विटर एकाउन्ट ह्याक गरिएको हो । यसलाई स्पष्ट रूपमा बिटकोइन स्केम मानिएको छ । ती ट्विटर एकाउन्टबाट प्रत्येकलाई १ हजार डलरको सट्टा २ हजार डलर पठाउनका लागि नक्कली ट्वीट गरिएको छ । बेजोस, गेट्स र मस्क विश्वका १० धनी ब्यक्तिमा पर्दछन् । जसको ट्विटरमा लाखौ अनुयायीहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्