बिर्तामोड, साउन १ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि सहयोग जुट्ने क्रम जारी छ ।

बिहीबार कनकाई नगरपालिका वडा नम्बर १ बाट १० हजार ५०० रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, कनकाई उद्योग वाणिज्य संघले नगद २१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रोशनराज पोखरेलसहित वडा सदस्यहरुले तथा संघको तर्फबाट निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले नगद हस्तान्तरण गरेका थिए । रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट सहसंयोजक विनोद बस्नेत, सदस्यहरु शिवकुमार कँडेल, मिजास पोखरेल, सञ्जीव घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रममा नगर उपप्रमुख मञ्जु प्रसाईं, सहसंयोजक बस्नेत र वडा अध्यक्ष पोखरेलले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्