झापा ,साउन ४ । झापामा आज एकजना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा मेचीनगर नगरपालिका वडा नं १ का २१ वर्षिय पुरुष रहेका छन् । उनी भारतबाट फर्केर देवी प्रावि क्वारेन्टाइनमा बसेका थिए । संक्रमितलाई कोभिड हस्पिटल गोठगाउँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागार्इँले बताए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ३१३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्