बिर्तामोड , साउन १२ । इलामको सूर्योदय नगरपालिका १४ चुङमाङ् टोल (राई गाउँ) का रबिन राईमाथि खुकुरी प्रहार भएको छ ।

टाउकोमा गम्भीर चोट लागेका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको स्थानीय युवा चेतन अधिकारीले बताए । माई नगरपालिका घर भइ सूर्योदय नगरपालिकामा डेरा गरी बस्ने कृष्ण राईले खुकुरी प्रहार गरेको कटुसे प्रहरी बिटका प्रहरी हवल्दार राजन श्रेष्ठले बताए । आइतबार राति ११.३० बजेतिर रबिनमाथि खुकुरी प्रहार भएको हो । गफ गरिरहेको बेला एक्कासी खुकुरी प्रहार गरेर कृष्ण श्रीमतीसहित फरार भएको जनाइएको छ । फरार कृष्णको खोजी भइरहेको छ । खुकुरी प्रहार गर्नुको कारण खुल्न सकेको छैन । उनीहरूबीच पुरानो रिसिइबी हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्