झापा ,साउन १३ । झापा,इलाम र मोरङको धेरै स्थानमा भारी बर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आमसर्वसाधारणलाई सूचित गरेको छ ।

विभागले एक सूचना जारी गरी हाल ईलाम, झापा, मोरङको धेरै स्थानमा भारी बर्षा भइरहेको र थप बर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको हो । मेची, विरिङ, निन्दा,कन्काई, चिसाङ , मावा,रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने भन्दै त्यस आसपासमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्