झापा ,साउन १४ । झापा भद्रपुर निवासी ज्ञानु घिमिरेले संस्कृत भाषाको गीत सार्वजनिक गरेका छन् ।

दिपक बज्रचार्यले गाएको गीत ‘मायाको डोरीले ’लाई घिमिरेले संस्कृत भाषामा आफ्नो स्वर दिएका हुन् । विभिन्न भाषाका गीतहरु सार्वजनिक भएपनि संस्कृत भाषामा अनुवाद गरिएको यो पहिलो गीत भएको गायक घिमिरेको दावी छ । नेपाली चर्चित गीतहरुलाई संस्कृत भाषामा अनुवाद गरी संस्कृत भाषालाई संरक्षण गर्ने उदेश्य स्वरुप आफुले उक्त गीत गाएको घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्