भद्रपुर , साउन १५ । प्रहरीले प्रतिबन्धित लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ३ धिमालधुरा बस्ने २६ वर्षिय अजय थापा मगर र सोही ठाउँका २२ वर्षिय रोशन माझी रहेका छन् ।

हिजो दिउँसो १ बजे गोप्य सूचनाको आधारमा भद्रपुर ४ मन्त्री चोकमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा सडकको किनारमा रोकिराखेको प्र.१—०१—०१२ प ६९२१ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिई खानतलासी गर्दा मगरले आफ्नो पिठ्यँुको पछाडी भिरिराखेको झोलाभित्र NITROSUN- 10लेखिएको चार सय चक्की ट्याव्लेट र CODEINE ESKUF 100 MLलेखिएको पचास बोतल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । दुवैलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्