झापा, साउन १५ । झापाका पाँचवटा स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिम भएको रेडजोनको सूचीमा परेका छन् ।

जिल्लाको मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका रेडजोनको सूचीमा परेका हुन् प्रदेश नं १ का २० स्थानिय तहलाई कोरोना संक्रमणको उच्च जोखिम भएको रेडजोनको सूचीमा राखिएकोे छ । प्रदेश १ का भारतसंग सिमाना जोडिएका चार जिल्लाका २० स्थानीय तहमा कोरोना संक्रमणको उच्च जोखिमको सूचीमा राखिएको हो । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापा, मोरङ ,सुनसरी र इलामका भारतसंग जोडिएका स्थानीय तहलाई कोरोनाको उच्च जोखिममा राखिएको हो । जसमा सुनसरीको कोशी, भोक्राहा नर्सिङ, हरिनगर,देवानगञ्ज, बर्जु गाउँपालिकासहित मोरङको बिराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी र रतुवामाई नगरपालिका, जहदा र धनपालथान गाउँपालिका र इलामको सूर्योदय नगरपालिका, माई—जोगमाई, सन्दकपुर र रोङ गाउँपालिकालाई सरकारले जोखिमयुक्त क्षेत्र मानेको छ । उच्च जोखिममा रहेका ती स्थानीय तहमा विशेष सुरक्षा नीतिका साथै परीक्षण संख्यामा बृद्धि गरिने बताइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उच्च जोखिम, जोखिम र कम जोखिम क्षेत्रलाई रेड, एल्लो र ग्रिनजोनका रूपमा वर्गीकरण गरी सरकारले स्वास्थ्य तथा अन्य गतिविधि सञ्चालन गर्ने प्रदेश संसदलाई जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्