इटहरी, साउन १५ । सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत एक जना इन्जिनियरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा बुधबार राति इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका नगर उप–प्रमुख गौतमले जानकारी दिए ।
संक्रमित घरमै सेल्फ आइसोलेसनमा बसेका थिए । उनमा कुनै लक्षण थिएन । एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ भने बजार क्षेत्रमा कडाइ गरिएको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उपमहानगरपालिकाका मेयरसहित थप कर्मचारीहरूको पनि परीक्षण गर्ने तयारी गरिएको छ । उपमहानगरपालिकाले आफ्ना केही कर्मचारीहरूको परीक्षण गराएकोमा इन्जिनियरमा संक्रमण पुष्टि भएको हो । उनको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।
योजना शाखामा कार्यरत इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाका सम्पूर्ण शाखासहित २० वटै वडा कार्यालय बन्द गरिएको छ । बिहान बसेको उपमहानगरको आकस्मिक बैठकले उपमहानगर र सबै वडा कार्यालयबाट दिइने सेवाहरू पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहको स्वाव परीक्षण गरेर आउने रिपोर्टको आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख गौतमले बताए । बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पूर्णरुपमा बन्द गर्नुका साथै पसल, होटल लगायतका व्यवसायहरू सुरक्षित रुपमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्