झापा, साउन १८ । वीरगञ्जको वयोधा अस्पतालमा कोरोना संक्रमणका कारण एक जना महिलाको मृत्यु भएको छ ।

शुक्रबार पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएकी ६८ वर्षीया महिलाको हिजो साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिए। योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीया महिलालाई शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि वयोधा अस्पतालमा नै उपाचारत वीरगन्ज–१६, नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो । योसँगै पर्सा जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। साउन १ गतेदेखि हालसम्ममा १२ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्