राजगढ , साउन १८ । बाह्रदशी गाउँपालिकाले लकडाउन हटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी गाउँपालिकाले लकडाउन हटाएको हो ।

आज विहान बसेको गाउँपालिकाको बैठकले संक्रमितहरुको सम्पर्कमा आएका सबै ४१ जनाको रिपार्ट नेगेटिभ आएपछि लकडाउन( बन्दाबन्दी) हटाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । बाह्रदशीका एकजना नेकपाका नेता र अर्का स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबार रातिदेखि बाह्रदशीको वडा नं १ , २ र ३ सिल गरिएको थियो ।गाउँपालिकाले घरबाट बाहिर निस्कदा सम्पूर्ण ब्यक्तिहरुले नेपाल सरकारको निर्देशनअनुसार जारी गरिएको नियमलाई पालना गर्दै अनिवार्य रुपमा माक्स लगाउनु पर्ने र गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण हाट बजारमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र व्यापार व्यवसाय संचालन गर्न निर्देशन दिएको अध्यक्ष राजवंशीले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्