बिर्तामोड , साउन १८ । कोरोना संक्रमण समुदायसम्म फैलिसकेका कारण त्यसको नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि लकडाउन घोषणा गरेको छ ।

बैठकबारे जानकारी दिदै

आज बसेको नगरपालिकाको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बिर्तामोडमा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आज राति १२ वजेदेखि लागू हुने गरी लकडाउन गरिएको जानकारी दिइएको हो । लकडाउनमा यातायात, बजार , बैंक वितीय संस्था सबै बन्द रहने जनाइएको छ । यसैबीच बिर्तामोडको बजरंग मेडिकल हल सिल गरिएको छ । हिजो कोरोना संक्रमण देखा परेकी महिला प्रहरीले उपचार गराएका कारण सो मेडिकल हल सिल गरिएको हो । केही दिनदेखि ज्वरो आएपछि प्रहरी चौकी बिर्ताबजारकी २४ वर्षिया ती महिला प्रहरीले बजरंगमा उपचार गराएकी थिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्