बिर्तामोड ,साउन १८ । मानिसको जन्मदिन मनाउने आ–आफ्नै तरिका हुन्छ,कोही साथीभाइ भेला गर्छन्,पार्टी गर्छन्,खानपिन गर्छन् त कोही मन्दिर धाउँछन्, पूजापाठमा ब्यस्त हुन्छन् ।तर, झापाकी पहिलो पत्रकार महिला राधा शर्मा चौलागाईँले आफ्नो जन्मदिन मुसहर बस्तीमा राहत सामग्री वितरण गरेर मनाएकी छन् ।

हाल अंमेरिकाको न्यूयोर्कमा बस्दै आएकी शर्माले झापा बिर्तामोड नगरपालिकाको वडा नं ३ र १० को सीमामा पर्ने मुसहर बस्तीका २१ परिवारलाई करिब ११ हजार मूल्य बराबरको खाद्य सामग्री वितरणको लागि नगद पठाएको कार्यक्रम संयोजक रन्जु बरालले जानकारी दिइन्। मुसहर बस्तीमा आज आयोजित “सहयोग सामग्री वितरण“कार्यक्रममा खाद्य सामग्रीका साथै कोरोनाबाट सुरक्षित रहन स्थानीय मुसहर समुदायमा मास्कसमेत वितरण गरिएको थियो।

कोरोना कहरबाट अत्यन्तै प्रभावित अमेरिका,त्यसमाथि आफू बेरोजगारी समस्याबाट गुज्रिरहेका बेलामा पनि शर्माले मुसहर बस्तीमा सहयोग गरेकोमा कार्यक्रममा उपस्थित पत्रकार महासंघ झापा उपाध्यक्ष भीमा शिवाकोटी,नारी सचार गृह झापाकी संस्थापक साबित्रा दाहाल,संचारकर्मी स्वस्तिका आचार्य, बिजय बराललगायतले प्रशसा गरेका थिए ।
साविक बाहुण्डाँगी १ आमडाँगी हाल मेचीनगर ४ बाहुण्डाँगीकी स्थायी बासिन्दा राधा शर्मा झापाको पहिलो पत्रकार महिला हुनुका साथै राजनीतिमा पनि सकृय थिइन् ।झापामा लामो समय पत्रकारिता र राजनीति गर्दै केही बर्ष राजधानी काठमाडौंलाई पनि कर्मथलो बनाइन् । हाल अमेरिकामा पनि विभिन्न सांमाजिक गतिविधिमा शर्मा सकृय रहेकी छन् । रोगले भन्दा भोकले सताएको मुसहर बस्तीमा सात समुन्द्र पारिबाट सहयोग रकम पठाएकोमा शर्माप्रति मुसहर बस्ती विकास निर्माण समितिमा संयोजक इन्द्रसिंह राजवंशीले धन्यवाद दिदै आउँदा दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्