झापा, साउन २० । बाह्रदशी गाउँपालिकामा स्थानीय समुदायमा पहिलो पटक संक्रमित बनेका दुईजना कारोनालाई जितेर आज घर फर्किदै छन् ।

हस्पिटलबाट डिस्चार्ज हुनुअघि

बाह्रदशी गाउँपालिका ३ बस्ने नेकपाका जिम्मेवार नेता र निजी क्लिनिक संचालन गरेका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको थियो । उनीहरुलाई साउन १२ गते धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको थियो । दुवै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हस्पिटलले डिस्चार्ज दिएको हो । यसअघि उनीहरुको पहिलो सम्पर्कमा आएका बाह्रदशीका सबै ४१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । त्यस्तै उनीहरुले बिर्तामोडमा सम्पर्क गरेको भनिएका ७८ जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्