भद्रपुर , साउन २१ । सवारी ज्यान मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक गरामनी गाविस ९ र हाल बिर्तामोड नगरपालिका बस्ने २८ वर्षिय युवराज राजवंशी रहेका छन् । दुई वर्षदेखि फरार रहेका उनलाई आज बिर्तामोड १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजवंशीलाई आजै झापा कारागार चलान गरिएको छ । राजकुमार राजवंशीको जाहेरीमा सवारी ज्यान मुद्दामा राजवंशीलाई झापा जिल्ला अदालतबाट २०७४बैशाख १२ गते भएको फैसला सदर हुने गरी उच्च अदालतको २०७५फागुन १२ गतेको फैसला बमोजिम दुई बर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना ठहर गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्