भद्रपुर, साउन २१ । भद्रपुर नगरपालिकाको नगर युवा परिषदको कार्यकारी उपाध्यक्षमा सरोज ढकाल नियुक्त भएका छन् ।

भद्रपुर नगर कार्यपालिकाको निर्णयले युवा अभियन्ता, संघीय युवा संजाल सदस्य एवं प्रदेश १ इन्चार्ज तथा संघीय युवा संसद २०७६ का प्रतिपक्ष दलका नेता समेत रहेका ढकाललाई नियुक्त गरेको हो ।
नगर कार्यपालिकाले गत वर्षको फागुन १५ गते नै ’नगर युवा परिषद कार्यविधि’ पारित गरेतापनि कोरोनाका कारण उत्पन्न असहज परिस्थितिका कारण बाँकी कानुनी प्रक्रिया अगाडि बढाउन ढिलाई भएको थियो । प्रकृया पूरा गरेर असार ८ गतेको कार्यपालिका बैठकले कार्यकारी उपाध्यक्षमा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । बुधवार औपचारिक रूपमा ढकाललाई पदभार ग्रहण गराइएको छ ।
ढकाल कार्यकारी उपाध्यक्ष तथा अन्य ६ जना सदस्यसहित जम्मा ७ जनाको नगर युवा परिषद् गठन गरी पूर्णता दिइ सपथग्रहण गराइएको छ । जसमा युवा वैज्ञानिकको परिचय बनाएका अनिल प्रधान, वडा युवा क्लवहरूमध्येबाट महिलामा इन्दिरा पाण्डे र पुरुषमा विलक्षण गुरुङ, दलित, आदिवासी, पिछडावर्ग लगायतको कोटाबाट सुफल सोरेन मनोनित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्