बिर्तामोड,साउन २२ । पाँचजना कोरोना संक्रमितको सम्पर्कमा आएका एक हजार जनाको कन्ट्याक्ट ट्रेसिङ पूरा नभएसम्म बिर्तामोडमा लकडाउन नखुल्ने भएको छ ।

बाह्रदशी गाउँपालिकाका दुई , इलामका एक , प्रहरी चौकी बिर्ताबजारकी महिला प्रहरी र अर्का एकजना संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका एक हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने बिर्तामोड नगरपालिकाले लक्ष्य बनाएको छ । बिर्तामोडबाट काठमाडौं गएका एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले त्यस ब्यक्तिको सम्पर्कमा आएकाहरुको समेत नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ थालेको हो । ती संक्रमित ब्यक्तिको बारेमा खुलाइएको छैन । ‘लकडाउनमा संक्रमितहरुको सम्पर्कमा आएका एक हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तार्गेट राखेका छौं ’ बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले भने,‘संक्रमितहरुको सम्पर्कमा आएकाहरुको विवरण तयार गरी कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’ नगरपालिकाको स्वास्थ्य टोलीले पहिलो दिन १३३ , दोस्रो दिन १७८ र हिजो तेस्रो दिन ३५२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको उनले जानकारी दिए । पहिलो दिन बाह्रदशी र इलामका संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो भने दोस्रो दिन महिला प्रहरीको सम्पर्कमा आएकाहरुको । हिजो महिला प्रहरी र काठमाडौका संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिएको थियो । नगरपालिकाले लकडाउनमा ट्रेसिङ र टेष्टिङ सँगसँगै गर्दै जानेगरी काम अगाडि बढाएको छ । कन्ट्याक्ट ट्रेसिङको पहिलो दिनको रिपोर्ट अनुसार १३३ जनाकै नेगेटिभ आएको थियो । त्यसपछि दोस्रो दिनको १७८ जनामध्ये हिजो १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्