बिर्तामोड, साउन २२ । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकामा गृह मन्त्रालयले अनिश्चित समयका लागि निषेधाज्ञा जारी गरेको छ ।

संघीय सरकारको गृह मन्त्रालयले झापाको ती दुईवटा नगरपालिकामा आजदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । गृह मन्त्रालयको आदेश बमोजिम निषेधाज्ञा लगाउने कि नलगाउने भन्ने विषयमा छलफल गरिने बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले केहीबेरपछि नगरपालिकामा त्यस विषयमा छलफल गरिने जानकारी दिए । कोरोना संक्रमण समुदायसम्म पुगिसकेपछि बिर्तामोड र अर्जुनधारा नगरपालिकाले नगरक्षेत्रमा लकडाउन जारी राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्