दमक, साउन २३ । झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा गएराति हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ ।

कमल ५ टुक्रेस्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रेवत रेग्मीको गएराति करिब साढे २ बजेतिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भुवनबाबु खड्काले जानकारी दिए । राति आएका दुईवटा हात्तीको समुहले लखेटेर रेग्मीलाई मारेको भन्ने खबर आएकोले त्यसतर्पm जाँदै गरेको कमव ५ का वडाध्यक्ष डम्मर निरौलाले बताए । सशस्त्रको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले मारेको पाईएकोले भाग्दै गर्दा मारेको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्