झापा, साउन २६ । झापामा नेपाली सेनाका एक सिपाहीसहित आज ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुने नेपाली सेनामा नयाँ श्रीनाथ गण चारआलीका सिपाही रहेका छन् ।उनी होल्डिङ सेन्टरको सुरक्षार्थ बसेर विदामा घर गएका थिए । घरबाट फर्किएर उनलाई सेनाको आन्तरिक क्वारेन्टाइनमा राखिएको थियो । आन्तरिक क्वारेन्टाइनमा बसेका ५ र कलवलगुडी क्वारेन्टाइनको सुरक्षार्थ बसेका ४ गरी ९ जना सैनिकको स्वाब परीक्षणको लागि पठाउँदा एकजनाको रिपोर्ट पोजिटिभ आएको नयाँ श्रीनाथ गणले जनाएको छ । त्यसैगरी आजै गौरादह नगरपालिकाका पाँचजनामा संक्रमण देखिएको छ । संक्रमितहरु सबै पुरुष रहेका छन् । गौरादह नगरपालिका ७ घर भएका २५ र २७ बर्षिय २ जना पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो । इलामस्थित सशस्त्र सुरक्षा प्रहरी वल कार्यालयमा कार्यरत उनीहरु साउन १५ गते विदा लिएर घर आएका थिए । उनीहरु घर आइपुगेको ५ दिनपछि साउन २० गते स्वाव परिक्षण गराएका थिए । त्यस्तै गौरादहका अन्य संक्रमितहरु वडा नं ५ र ९ का तीन पुरुषहरु भारतबाट फर्केर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै भद्रपुर नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकजना महिला र अर्का पुरुष रहेका छन् । वडा नं ८ का ती संक्रमित भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै आजै कमल गाउँपालिकाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । वडा नं ३ का ती पुरुष पनि भारतबाट फर्केको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्