झापा , साउन २६ । नेपाली कांग्रेसको केन्द्रिय विभागको विभिन्न पदमा झापा जिल्लाका धेरैजनाले मनोनयन हुने अवसर पाएका छन् ।

केन्द्रिय विभागले झापाका ११ जनालाई मनोनयन गरेको हो । जसअनुसार संगठन विभागको सचिव बिन विश्वकर्मा, सदस्य सुरेश सुव्वा, स्थानीय तह समन्वय विभागमा राजेन्द्र घिमिरे ,निर्माण व्यवसायी विभागमा दिपेन्द्र पोखरेल, शिक्षा विभागमा राजेश खड्का, मुस्लिम विभागमा अमिन अलि शेष, तराई मधेस समन्वय विभागमा सूर्यनारायण ताजपुरीया, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा विश्वदीप लिङदेन, वन वातावरण तथा प्रदेश समन्वय विभागमा दुर्गाप्रसाद लुईटेल, वित्तीय तथा सहकारी विभागमा दुर्गा सापकोटा र चन्द्रा खड्कालाई मनोनयन गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्