झापा , साउन २६ । भारतबाट भन्सार छली ल्याईएको दुई लाख मूल्यबढीको आठ थान मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।

आज दिउँसो मेचीनगर नगरपालिका वडा नं ७ गैरीगाउँस्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकाइ छिपाइ ल्याउँदै गरेको आठ थान मोबाइल बरामद गरेको हो । बरामद मोबाईल सेट आजै भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि साउन २० गते पनि प्रहरीले सोही स्थानबाट १९ थान मोबाइल सेट बरामद गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्