दमक , साउन २९ । झापाको कमल गाउँपालिकाका होटल तथा पर्यटन ब्यवसायीहरु संगठित भएका छन् ।

लखनपुरमा भएको ब्यवसायीहरुको भेलाले व्यावसायिक हकहित स्थापना गनें उद्देश्यले कुलबहादुर दाहालको अध्यक्षतामा होटल तथा पर्यटन व्यवसायी संघ गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सुरज कुमाल, सचिवमा दिवान राई, कोषाध्यक्षमा बिपिन आचार्य तथा सदस्यहरुमा सन्तु लावती, कमला खरेल, सुमन राई, रेवत गुरुङ र शंकर श्रेष्ठ रहेका छन् । त्यसैगरी सल्लाहकार समिति संयोजकमा हुकुमसिंह राई र सदस्यहरुमा धर्मानन्द भट्टराई तथा बजार प्रतिनिधि देवेन्द्र आङदेम्बे रहेको जनाइएको छ ।
सो अवसरमा होटल ब्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालसहितका ब्यवसायी नेताहरूले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्