मेचीनगर ,साउन २९ । मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा कोरोना भाइरसको संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पिसिआर परीक्षणलाई तीव्र पारेको छ ।

मेचीनगर नगरपालिका क्षेत्रमा बुधबार एकैपटक समुदायस्तरमा एक चिकित्सकसहित चारजनामा संक्रमण फेला परेपछि नगरपालिकाले समुदायस्तरमा पिसिआर परीक्षणलाई तीव्र पारेको हो ।बिहीबार नगरका दुई अलग अलग स्थानमा समुदायस्तरमा पिसिआर परीक्षणका लागि १ सय ७५ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको छ । मेचीनगर— १० स्थित आम्दा मेची अस्पतालमा कार्यरत २९ वर्षीय चिकित्सकमा संक्रमण फेला परेपछि नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरेर बिहीबार संक्रमित चिकित्सकका परिवारसहित यसअघि अस्पतालमा उपचारका लाागि आएका सेवाग्राही, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालमा उपचारका लागि भर्ना भएका अन्य विरामीसहितको कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका लागि ९७ जनाकोे थ्रोड स्वावको नमूना संकलन गरेको हो । शाखा संयोजक शशीकला राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोेलीले नमूना संकलन गरेको थियो ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय झापाको टोेलीले मेचीनगर —७ कोे प्यारीभिट्टामा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरेको छ । स्थानीय २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि कार्यालयका महामारी रोगका फोकल पर्सन जीवन चौैलागाईँको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीकोे टोली त्यसक्षेत्रमा परिचालन गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोेगकोे क्षेत्रीय कार्यालयमा कार्यरत ती व्यक्ति विदामा घर आएका थिए । नगरपालिकाको स्वास्थ्य शाखाले दिएकोे जानकारी अनुसार बिहीबारसम्म पिसिआर परीक्षणका लागि २ हजार ७ सय ४७ जनाको थ्रोड स्वावकोे नमूना संकलन गरी १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रोबायोलोजिकल विभागमा पठाइएको छ । तीमध्ये १ सय १ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएकोे शाखा संयोजक शशीकला राईले बताइन् ।उनका अनुसार ७८ जना निकोे भएर घर फर्किसकेका छन्् भने बाँकीको प्रदेशका विभिन्न ठाउँमा रहेका कोेभिड अस्पतालमा उपचार भइरहेको छ । नगरपालिकाका अनुुसार लक्षण नदेखिएका केही व्यक्ति भने मेचीनगर १३ मा व्यवस्थापन गरिएकोे आइसोलेसन सेन्टरमा रहेका छन्् । यसैबीच मेचीनगरमा कोेभिड १९ बाट संक्रमित हुनेको संख्या एकसय नाघेकोे छ । मेचीनगरको एक होटल क्वारेन्टाइनमाा बसेका मेचीनगर —६ का २६ वर्षीय पुरुषमा कोभिड १९ को संक्रमण फेला परेको छ । योेसँगैै नगरमा संक्रमितको संख्या १ सय १ पुगेको छ । उनकोे आइतबार थ्रोड स्वावकोे नमूना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्