झापा,साउन ३० । कोरोना भाइरसको महामारी बढिरहेको बेला बिर्तामोडमा सामाजिक सुरक्षा भत्ता लिनेहरुको बैंकमा घुइँचो लागेको छ ।

बिर्ताबजारमा रहेको एनआइसी एसिया बैंकमा हिजोदेखि भत्ता लिनेहरुको अत्यधिक भीड लागेको हो । त्यस्तै सामाजिक सुरक्षा भत्ता बाँड्ने गरेका अन्य बैंकहरुमा पनि भीड देखिएको छ । एनआईसी एसिया बैंक बिर्ताबजारमा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीहरुको भीड अत्यधिक रहेको स्थानीय दिवाकर प्रसाईले बताए । उनले सेवाग्राहीहरुलाई व्यवस्थित रुपमा लाइन लगाउन नसकिएको समस्या दर्शाए । बिर्तामोड नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेहरुको सँख्या ६ हजार ८९९ रहेको छ । बिर्तामोड नगरपालिका वडा नं ३ र ९ का सेवाग्राहीहरुका लागि बिर्ताबजारको एनआइसी एसिया बैंकमा खाता खोल्न लगाइएको छ । त्यस्तै वडा नं १ का लागि सेन्चुरी बैंक बिर्तामोड , २ का लागि एनआइसी एसिया चारपाने , ४ का लागि लक्ष्मी विकास बैंक , ५ का लागि गोर्खा बैंक , ६ का लागि मुक्तिनाथ बैंक , ७ का लागि एनआइसी एसिया बैंक चन्द्रगढी , ८ का लागि एक्सल बैंक गरामनी र १० का लागि मुक्तिनाथ बैंकमा खाता खोलिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्