एजेन्सी । भारतीय क्रिकेट जगतका सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

धोनीले इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । धोनीले शनिबार आफ्नो इन्स्टाग्राममा लेखेका छन्– ‘तपाईंहरुको प्रेम र सहयोगका लागि धन्यवाद, साँझ ७ः२९ बाट म रिटायर्ड हुँदैछु ।’ योसँगै भारतीय क्रिकेट जगतमा पछिल्ला १५–१६ वर्षयता एकछत्र चल्दै आएको धोनीको चमत्कारिक युगको अन्त्य भएको छ । यद्यपि, सन्यास लिने घोषणा गरेपनि उनी एकपटक फेरि आइपीएलमा चेन्नई सुपर किंग्सको रुपमा मैदानमा भने उत्रिनेछन् । उनी भारतीय क्रिकेट जगतमा सबैभन्दा सफल कप्तान हुन् । विश्व क्रिकेटमा पनि धोनी एक मात्र यस्ता कप्तान हुन्, जसले आइसीसीका तीनै ठूला ट्रफीहरु हात पार्न सफल भएका थिए । धोनीको त्यस पोस्टपछि सुरेश रैनाले पनि इन्स्टाग्राममा पोस्ट गरेका छन् । उनी पनि धोनीका साथमा छन् । उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सुरेश रैनाले भारतका लागि १८ टेस्ट म्याच र २२६ वनडेबाहेक कुल ७८ वटा टी—ट्वान्टी म्याच खेलेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्