एजेन्सी । पूर्व भारतीय क्रिकेटर एवं उत्तर प्रदेशका होमगार्ड मन्त्री चेतन चौहानको कोरोनाका कारण मृत्यु भएको छ । उनका कान्छा भाइ पुष्पेन्द्र चौहानले मृत्यु भएको पुष्टि गरेका छन् । उनीे कोरोना संक्रमित रहेका थिए ।

७२ वर्षका चेतन चौहानको उपचार गुरुग्रामको मेदान्ता अस्पतालमा भइरहेको थियो । चौहानलाई पछिल्लो महिनाको १९ जुलाईमा कोरोना पुष्टि भएको थियो । चौहानले यूपीको अमरोहाबाट दुई पटक लोकसभा सदस्य जितेका थिए । कोरोनाबाट यूपी सरकारको योे दोस्रो मन्त्रीको मृत्यु भएको हो । यसअघि यूपी सरकारमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्