झापा,साउन ३२ । टेलिभिजन कार्यक्रम ’ऐना’को लोगो सार्वजनिक भएको छ। ललितपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रम ’ऐना’को लोगो सार्वजनिकसँगै कार्यक्रमका प्रायोजक र ’ऐना’ टिमबारे जानकारी दिइएको हो।

दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्ने २६ एपिसोडको कार्यक्रम ’ऐना’सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने एउटा ’टेलिभिजन सो’हो। कार्यक्रम ’ऐना’ कान्तिपुर टेलिभिजनबाट २०७७ साल कात्तिक पहिलो सातादेखि हरेक हप्ता एक घण्टा प्रसारण हुनेछ। कार्यक्रम ’ऐना’का प्रोजेक्ट हेड राधाकृष्ण धितालले विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुने बताए ।देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन—अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण ’प्याकेज’का रुपमा कार्यक्रम ’ऐना’ तयार हुनेछ।
निर्देशक अमनप्रताप अधिकारीले नेपाली समाजका दुःख र पीडाको खोजीमा कार्यक्रम निर्माण गर्न लागिएको बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्