कुमरखोद, भदौ ४ । सानो माई खोलामा डुबेर एक १४ वर्षिय बालकको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नं २ मा रहेको सानो माईखोलामा डुवेर स्थानीय १४ बर्षिय राजु भण्डारीको मृत्युु भएको हो ।सुस्तमनस्थिति भएका ती बालक हिजो बेलुकासम्म घर नफर्किएपछि परिवारजनले खोजी गरेका थिए । त्यसक्रममा घर नजिकै रहेको सानो माई खोलाको किनारामा खोज्दै जाँदा मृतक वालकको कपडा देखेपछि इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरीको बीओपी क्याम्पलाई जानकारी गराइएको थियोे । त्यसपछि तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुङ्गाको सहायताले खोजतलास शुरु गरेको थियोे ।

खोजतलासमा खटिदै सुरक्षाकर्मी

रातिसम्म नभेटिएपछि जिल्ला प्रहरी कार्यालयमा रहेको विपत् व्यवस्थापन तथा उद्दार टोलीले वडाध्यक्ष नेत्रबहादुर खड्का, मेलमिलाप तथा न्याय समिति सदस्य राजकुमार कोचलगायतको उपस्थितिमा आज विहानैदेखि खोजतलास गर्दै जाँदा विहान ७.३० वजे करिव १३ फिट गहिरो पानीमुनि खोलाको किनारमा घोप्टो परेको अवस्थामा लाश फेला परेको थियोे ।
लाशलाई पोष्टमार्टमका लागि मेची अस्पताल लाने प्रकृया भईरहेको कुमरखोदका असई विरवहादुर भण्डारीले जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्