झापा , भदौ ४ । प्रदेश १ मा बिहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा १३ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १ तथा प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ३ महिला र ३ पुरुष, कोशीमा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला र २ पुरुष, सुन्दरहरैचामा १ महिला र ५ पुरुष, तेह्रथुमको म्याङलुङमा ३ महिला र ६ पुरुषमा संक्रमण देखिएको छ । यस्तै उदयपुरको त्रियुगामा १ महिला र ३ पुरुष, धनकुटाको शहिदभूमि र झापाको गौरीगञ्जमा १ पुरुष महोत्तरीका २ महिला र १ पुरुष, धनुषा र जनकपुरका १ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । प्रदेशबाट बिहीबार कोरोनामुक्त भई १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा बिहीबार १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ । हालसम्म ७३ हजार ५ सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्