विराटनगर, भदौ ५ । प्रदेश १ सरकारको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्वविद्यालयको क्षेत्राधिकारमा रहेको डिग्री क्याम्पसको जग्गा लिजमा लिने निर्णय गरेको छ ।

उक्त जग्गामा स्वीस सरकारले केही समयअघि हस्तान्तरण गरेको ल्याव सेटअप गर्ने सरकारको तयारी रहेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयलाई सरकारको नीति तथा कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न आवश्यक पर्ने मन्त्रालयको कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ । कोशी कोभिड अस्पताललाई आवश्यक पर्ने दक्ष जनशक्ति भर्नाका लागि अनुमति दिइएको छ । त्यस्तै प्रदेश १ मा आइसोलसन कक्षको बढी आवश्यकता पर्ने भएको हुँदा जतिसक्दो धेरै आइसोलेसन निर्माण गर्ने सरकारको तयारी रहेको छ ।
योसँगै पर्यटन मन्त्रलयले प्रस्ताव गरेको पर्यटन विकास आयोजना तथा जलधार व्यवस्थापन कार्यान्वयन इकाईको म्याद १ वर्षलाई थप गर्ने निर्णय भएको छ । त्यस्तै सरकारले कोभिड उपचार तथा व्यवस्थापनका लागि सरकारले गरेको कार्यको आशातित प्रगति भएको निश्कर्ष समेत निकालेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्