शिवसताक्षी , भदौ ७ । झापाको शिवसताक्षी नगरपालिकाको एक घरमा फेला परेको शंकास्पद वस्तु बम नभएको प्रहरीले बताएको छ ।

शिवसताक्षी नगरपालिका–१० का मोती भट्टराईको घरमा आज बिहान सो शंकास्पद वस्तु भेटिएको थियो । डिस्पोजका लागि चारआलीस्थित नेपाली सेनाको टोली पुगेर हेर्दा पोकाभित्र नरिवलको खोस्टा फेला पारेको छ । कसैले चौथी मनाउने क्रममा नक्कली बम बनाएर तर्साउन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । आज बिहान तार र ब्याट्री जडित उक्त शंकास्पद वस्तु देखेपछि भट्टराई परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्