अर्जुनधारा ,भदौ ८ । नेपाली काँग्रेसका नवप्रवेशी र पुराना कार्यकताबीचको परिचयात्मक कार्यक्रम अर्जुनधारा १० कालीझोडामा आइतबार सम्पन्न भएको छ ।

केही समयअघि विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका एवम् पार्टीमा लामो समयदेखि योगदान पुर्याएका पुराना कार्यकर्ताबीच परिचयसँगै नयाँलाई स्वागत र पुरानालाई सम्मान गरिएको हो ।
टोल न.५ ले आयोजना गरेको कार्यक्रममा झण्डै एक दर्जन नवप्रवेशीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा २०१६ सालदेखि अनवरत पार्टीप्रति आस्था राख्दै साथ र सहयोग गर्ने ६ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि काँग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले सम्मानपत्रसहित खादा ओढाएर उनीहरुलाई सम्मान गरेका थिए ।
टोल न.५ का अध्यक्ष गोबिन्द पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि मोहन लिम्बूले स्वागत मन्तव्य राखेका थिए । स्थानीय युवा खगेन्द्र सुवेदीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव टीकाराम कङ्लिवाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्