कनकाई , भदौ ९ । कनकाई नगरपालिकाका एक औषधि व्यवसायीमा कोरोना संक्रमण देखिएको छ ।

कनकाई नगरपालिका वडा नं ७ दुर्गापुरमा फार्मेसी संचालन गर्दै आएका औषधि व्यवसायीमा आज संक्रमण पुष्टि भएको हो । उनको ट्राभल हिस्ट्री नभएको र औषधि किन्न आउनेबाट संक्रमण सरेको हुन सक्ने नगरपालिकाका स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए । समुदायमा संक्रमण फैलिसकेको अबस्थामा त्यसको नियन्त्रणका लागि लकडाउन लगाउने विषयमा कार्यपालिकाको बैठक बस्न लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्