एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले आफ्नो स्वास्थ्यको कारणबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आफ्नो विरामीका कारण निर्णय लिने क्षमतामा असर पर्ने भएकाले राजीनामा दिएको बताएका छन् । साथै उनले जापानका जनतासँग आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा माफी मागेका छन् । उनी आफ्नो उत्तराधिकारी चयन नभएसम्म प्रधानमन्त्री कायम रहने छन् ।६५ वर्षीय आबेलाई केही वर्षदेखि अल्सरेटिव कोलाइटिसको समस्या रहेको छ । उनको स्वास्थ्य स्थिति अझ बिग्रिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्